site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌बाट प्रधानमन्त्रीलाई गगन थापाले दिए यस्ता सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आज प्रतिनिधिसभा बैठकबाट उनले नेपाली कांग्रेस र नेकपा (एमाले)को सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताए ।

त्यसका लागि उनले यी कुरामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

– सरकारले कानुन निर्माण गर्दा बृहत्तर सार्वजनिक हितका लागि हुनुपर्छ । कुनै एउटा व्यक्ति वा समूहले त्यसको लाभ लिनुहुँदैन भन्ने कुरातर्फ जसरी प्रश्न उठेको छ । सचेत रहनुपर्छ ।

– सरकारका निर्णयका सन्दर्भमा प्रश्न उठेको छ । प्रत्येक कुरामा आफ्नो काम, निर्णयबाट संसद्को पनि आम राजनीतिक दल र मानिसको विश्वास जित्ने वातावरण बनाउन सक्नुपर्छ ।

– सरकार, सरकारका माननीय मन्त्रीहरूले नचाहिने ठाउँमा हात हाल्न हुँदैन । नचाहिने ठाउँमा हात हालेर नदुखेको टाउको कपाल बाँधेर दुखेजस्तो अनावश्यक विषयमा गएर सरकारले अनावश्यक काम नगरोस् ।

– दण्ड जरिवानाको विषयमा न्यायपूर्ण भएन भन्ने प्रश्न उठिरहेको छ । चाहे सरकारी प्रकरण होस्, जग्गा हिनामिनाको प्रकरण होस्, मानव बेचबिखन, क्याम्पस तोडफोड गर्ने होस् । निर्मम भएर कानुन सबैका लागि बराबर छ भन्ने विश्वास बनाउनैपर्छ । बल्ल विश्वासको वातारण बन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro