site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
काण्डहरूको छानबिन गर्न न सत्तापक्ष हुन्छ न प्रतिपक्ष : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका काण्डहरूको छानबिनमा सत्तापक्ष वा प्रतिपक्ष नहुने बताएका छन् । उनले सबै काण्डको छानबिन र दोषीमाथि कारबाहीका लागि साझा प्रतिबद्धता चाहिने बताए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले नागरिकका असन्तुष्टि सम्बोधन पनि सत्तापक्ष र प्रतिपक्षको साझा मुद्दा हुनुपर्ने बताए । 

“यताबाट उताका काण्ड देखाउने, उताबाट यताको काण्ड देखाउने होइन । सबै काण्डहरूको छानबिन गर्न न सत्तापक्ष हुन्छ, न प्रतिपक्ष हुन्छ,” थापाले भने, “त्यसका लागि आयोग चाहिएको हो कि के मार्फत गर्ने हो ? छलफल गरौँ । सत्तापक्षमै भएका बेला हाम्रा साथीहरूले सबै काण्डको छानबिन गर्न सार्वजनिक सरोकारको प्रस्ताव यही संसद्‌मा दर्ता गर्नुभएको छ । त्यसलाई अघि बढाऔँ ।”

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro