site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षित मानिसले नै हो देश बनाउने : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी ओलीले शिक्षा आर्जन गर्ने व्यक्तिले जीवन सहज ढंगले अघि बढाउने र समाजका लागि योगदान दिन सक्ने बताएका छन् । मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई मोरङको गोठगाउँमा सम्बोधन गर्दै ओलीले शिक्षित मानिसले नै देश बनाउन सक्ने बताए ।

उनले भने, “देश हामी बनाउँछौँ, देश बन्दै गएको छ ।”

प्रधानमन्त्री ओलीले गोठगाउँमा स्थापित पूर्वाञ्चल विश्वविद्यालयले क्रमशः प्रगति गर्दै गएको चर्चा गर्दै यसमा गरिएको लगानीको प्रतिफल सुन्दर आएको सुनाए ।

“यो हाम्रो प्रदेशको विश्वविद्यालय हो, ज्ञानको केन्द्र पनि हो । यही दशकमा नेपालले विद्यार्थी संख्या बढाएका छौँ,” उनले भने, “दीक्षान्तका लागि विभिन्न प्रक्रिया पूरा गरेर योग्य ठहरिएका विद्यार्थीलाई बधाई दिन्छु । पूर्वाञ्चल विश्व विद्यालयले विभिन्न संकाय विकास गर्दै गएको छ । यो अझ राम्रो विषय हो ।”

विश्व विद्यालयले स्कुल आफ एग्रीकल्चर र हेल्थ साइन्सको संकाय थप गरेको छ । 

गोठगाउँको कार्यक्रमपछि प्रधानमन्त्री ओलीले आज अपराह्न कोसी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro