site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले सोधे– सत्तारूढ साथीहरू कहिले सुध्रनुहुन्छ ? 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारलाई आत्मसमीक्षा गर्न आग्रह गरेका छन् । आज प्रतिनिधिसभाको बैठकमा उनले सरकारको कुशासन नै लोकतन्त्रमाथि खतरा भएको दाबी गरे । 

“सत्तारूढ साथीहरू कहिले सुध्रनुहुन्छ ? दुईतिहाइको अहंकारमा तपाईंहरूले दौडाएको कुशासनको घोडा नै आज लोकतन्त्रमाथिको सबैभन्दा ठूलो संकट बन्दै छ,” उनले भने । 

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको पक्षमा निक्लिएको जुलुसमा बाहिरी शक्तिको हात भए पनि मुख्यरूपमा नेपालकै जनता आएको बताए ।

“मुख्य कुरा त त्यहाँ उत्रिएको नेपाली जनता नै हो । जसको फोटो टाँसिए पनि नेपाली जनता नै हो,” उनले भने ।

उनले आत्मसमीक्षा गरेर लोकतन्त्र सुदृढ गर्ने कदममा लागे सरकारलाई साथ दिने पनि बताए । “आत्मसमीक्षा गर्नुहोला । यसको आत्मसमीक्षा गरेर लोकतन्त्र सुदृढ गर्नेतिर तपाईंहरूको कदम अघि बढेमा हाम्रो साथ हुनेछ,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro