site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई प्रचण्डको चेतावनी : उदारतालाई कमजोरी ठाने इतिहास निर्मम हुनेछ 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले गणतन्त्र घोषणा गर्दा शाहलाई निर्वासनसहित नतोकी तत्कालका लागि सुरक्षित ठाउँ दिइएको बताए ।

“उदारतालाई कमजोरी ठाने इतिहास निर्मम हुनेछ,” उनले भने । प्रचण्डले अहिले चाहिँ चलखेल कसरी बढ्यो भन्ने मुख्य प्रश्न रहेको बताए ।

“यस खालका चलखेल आज मात्रै भएका होइनन् । हिजो पनि थिए । अहिलेचाहिँ यो अचनाक किन वृद्धि भयो ?,” उनले सोधे । 

उनले सत्तामा रहेका पार्टीको शासकीय शैली नै यसको मूल कारण भएको दाबी गरे । 

उनले लोकतन्त्र र राजतन्त्रको तुलना नै हुन नसक्ने बताए । “सार्वभौम भइसकेको जनता रैती हुन्छन् भन्ने सोचियो भने त्यो भन्दा ठूलो भ्रम केही होइन,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १४:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro