site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षकसँग वार्ता गरी सहमति खोज्न सांसदको माग 
फाइल तस्बिर ।

काठमाडौं । सत्तसाझेदार दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षकसँग वार्ता गरी सहमति खोज्न माग गरेका छन् ।

मंगलबार (फागुन २७) प्रतिनिधिसभा बैठकमा उनले सरकारले नेपाल शिक्षक महांसघसँग पहिले गरेको सहमति कार्यान्वयन नहुनु निन्दनीय भएको बताए । “सम्झौतालाई निरन्तर अपहेलना गर्नु खेदजनक मात्रै होइन, निन्दनीय हो । राज्यले कसैलाई वचन दिएपछि इमानदार हुनुपर्छ । लाखौँ शिक्षकको महासंघलाई अनादार गर्नु दुःखद,” उनले भने ।

उनले सरकारले पटक–पटक गरेको प्रतिबद्धता पालना गर्दै तत्काल शिक्षकसँग वार्ता र सहमतिको वातावरण बनाउन माग गरे ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro