site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
वासु शशी साहित्य सम्मानको घोषणा

काठमाडौं । वासु शशी स्मृति परिषद्ले नाटककार मनबहादुर मुखियालाई ‘वासु शशी साहित्य सम्मान–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कवि विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार–२०८१’ र कवि सन्ध्या पहाडीलाई ‘कृष्ण–सरस्वती साहित्य पुरस्कार–२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । दुई पुरस्कारका साथ जनही नगद राशि २५ हजार प्रदान गरिने परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

६ दशकदेखि नेपाली नाटक र गीत लेखनमा सक्रिय मुखियाका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् । मुखियाका नाटकहरू ‘अनि देउराली रुन्छ’ र ‘क्रसमा टाँगिएको जिन्दगी’ चर्चित छ ।

चार दशकदेखि कवितामा सक्रिय वैद्यका चार कविता कृति प्रकाशित छन् । तीन दशकदेखि साहित्यमा सक्रिय पहाडीका पनि विभिन्न कृति प्रकाशित छन् ।

घोषित सम्मान तथा पुरस्कार कवि एवं नाटककार वासु शशीको ८९औँ जन्मजयन्तीका अवसरमा आउँदो चैत १३ गते प्रदान गरिने परिषद्का सदस्य–सचिव प्रद्युम्न जोशीले जानकारी गराएका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro