site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको गलत क्रियाकलापले प्रतिक्रान्तिकारीले ‘स्पेस’ पाए : प्रचण्ड 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीलाई परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीको काँधमा आएको बताएका छन् । मंगलबार (फागुन २७) वाईसीएल नेपालको बैठक उद्घाटनका क्रममा उनले वैधानिक रूपमा जनताले मिल्काइसकेको शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक नहुने बताए । 

त्यस्ता प्रयासविरुद्ध अझ बढी संगठित र सशक्त हुनुपर्ने क्रान्तिकारीको दायित्वमा भएकामा उनले जोड दिए । वर्तमान सरकारको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीले ‘स्पेस’ पाएको महसुस आफूले गरेको उनको भनाइ थियो ।

गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएको उनले बताए । यसैमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनले उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro