site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड, कोसी प्रदेशसभामा प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (फागुन २७) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले सम्बोधन गर्ने तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

सोमबार (फागुन २६) बसेको माओवादी पदाधिकारी बैठकबाट पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताको सदन र सडकमार्फत विरोध गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार प्रचण्डले सम्बोधनका निम्ति समय मागेका हुन् ।

उनको सम्बोधनका क्रममा प्रधानमन्त्री सदनमा उपस्थित नहुने भएका छन् । यसअघिको सम्बोधनमा पनि प्रधानमन्त्री उपस्थित नहुँदा प्रचण्डले गुनासो गरेका थिए । प्रधानमन्त्री ओली सोमबार कोसी प्रदेशसभामा विशेष सम्बोधनसहितको कार्यक्रममा सहभागी हुँदै छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro