site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई दुर्गा प्रसाईंले भने– व्यवस्था बदल्न राजावादीलाई साथ दिनोस्

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई व्यवस्था बदल्न राजावादीलाई साथ दिन आग्रह गरेका छन् । मंगलबार (फागुन २७) बिहान भक्तपुरस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । 

“हामी (राजावादी)लाई साथ दिनुस्, सुरुमा व्यवस्था परिवर्तन गरौँ,” उनले भने, “अनि मात्रै विकास हुन्छ ।”

लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिँदा आफूहरूले विरोध गरेको प्रसाईंले बताए । “हिजो केके नै गर्छु भनेर आउनुभएको थियो । तपाईंलाई लात हानेर थुने,” उनले भने, “त्यति बेला हामीले तपाईंलाई साथ दिएका थियौँ । तर, तपाईंले तिनै प्रचण्ड, देउवा र केपी ओलीसँग हिजो वार्ता गर्नुभयो ।” 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro