site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाले महानगरलाई बुझायो एक लाख जरिवाना
ज्ञानेन्द्र शाहीको फेसबुकबाट ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो १ बजे राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायत नेताहरूले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख बुझाउन पत्र काटेको थियो ।

महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले शाहीसँगै आएका नेताहरूले जरिवाना बुझाएको पुष्टि गरे । “आज उहाँहरू आएर एक लाख जरिवाना बुझाउनुभयो,” उनले भने ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro