site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजाको सक्रियताप्रति सरकारलाई माओवादीको प्रश्न– रमिता हेरेर बस्ने हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा सरकार मौन बसेको भन्दै आपत्ति जनाएको छ । आइतबार बसेको पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पूर्वराजाको सक्रियताबारे सरकारको नीति प्रस्ट नभएको बाह्रखरीलाई बताए ।

“पूर्वदरबारियाका प्रतिगामी र पश्चगामी गतिविधिमा सरकारको भनाइ के हो ? नीति के हो ? सरकार मूकदर्शक भएर रमिता हेरेर बस्ने हो कि ? जिम्मेवारी के हो ?,” उनले सरकारको धारणाबारे प्रश्न गरे ।

संविधान, लोकतन्त्रको रक्षा गर्नुपर्ने सरकार मूकदर्शक भएको गुरुङको आरोप छ । उनले पूर्वराजाको प्रतिगमनकारी गतिविधिका विषयमा आाजको बैठकमा छलफल भएको बताए ।

“डेमोक्रेसीमा अभिव्यक्ति दिने स्वतन्त्रता त छ, संविधान मिच्ने स्वतन्त्रता छैन । संविधानले परिकल्पना नगरेको विषयमा जान सक्ने कुरा हुँदैन,” उनले बैठकको निष्कर्ष सुनाए ।

माओवादीले सदन र सडकबाट पूर्वराजाको गतिविधिको विरोध गर्ने निर्णय पनि गरेको छ । “संविधानविपरीत गतिविधिका बारेमा विरोध सडक र सदनबाट विरोध गर्नुपर्छ । सदनबाट समय पाएसम्म चलाउने कुरा भएको छ,” गुरुङले भने । 

सरकारको कारण निराशा बढेको निष्कर्षमा माओवादी छ । “सरकारका रबैयाले मान्छेमा निराशा बढेको छ । यसमै पूर्व दरबारिया सक्रिय भएका छन् । भ्रष्टाचार, नालायकीपनविरुद्ध पनि आवाज उठाउनुपर्छ भन्ने कुरा भएको छ,” उनी भन्छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro