site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ज्ञानेन्द्र शाहीको आरोप– प्रधानमन्त्रीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो 

काठमाडौं । राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएका विषयमा प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आदित्यनाथको तस्बिर राख्न लगाइएको उनको आरोप छ ।

पूर्वराजा शाह आइतबार (फागुन २५) पोखराबाट काठमाडौं फर्कंदा विमानस्थलबाहिर राजावादीको ठूलो समूहले स्वागत गरेको थियो । राप्रपा, राप्रपा नेपाललगायत दलका नेताहरू पनि स्वागतका निम्ति पुगेका थिए ।

उक्त र्‍यालीमा सहभागी व्यक्तिले आदित्यनाथको तस्बिरको पोस्टर पनि बोकेको देखिएको थियो । सोही विषयमा सोमबार (फागुन २६) सांसद शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

उनले स्वागत कार्यक्रमलाई असर पार्न ‘कुकर्म’ गरिएको आरोप लगाएका छन् । “हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ,” उनले फेसबुकमा लेखेका छन्, “नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छिः छिः ।”

उनले ‘विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरू’ले ठूलो कुरा गरेको देख्दा अचम्म लागेको पनि बताएका छन् ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro