site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई ओलीको प्रश्न– संसद्‌बाट चुनिएका राष्ट्रपति र प्रधानमन्त्री छन् भन्ने थाहा पाउनुहुन्न क्या हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै कुर्सीमा लगेर राख्दैमा शासक हुन्छ भनी प्रश्न गरेका छन् । आइतबार सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले राजावादीको आजको प्रदर्शनबारे त्यस्तो प्रश्न गरेका हुन् ।

“आज पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने के भन्या त्यो ? कुनै कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ? मानिदिन परेन ?,” उनले सोधे । 

ओलीले आफू कुर्सीमा बसे राष्ट्रपति 'रामचन्द्र पौडेललाई के गर्नुहुन्छ' भन्दै पूर्वराजा शाहलाई सोधे । “अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गनुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि ? यो देशमा त राष्ट्रपति छ । चुनेको राष्ट्रपति के गर्नुहुन्छ ?,” ओलीको प्रश्न छ । 

उनले प्रतिनिधिसभाले बहुमतले छानेका प्रधानमन्त्रीबारे जानकारी छैन भनी सोधे । “म अत्यधिक बहुमतले छानेको प्रधानमन्त्री छु । मैले बनाएको दुई दलको सहमतिको मजबुत सरकार छ । यो केही थाहा पाउनुहुन्न कि क्या हो उहाँहरू ? हामी कुनै बलमिच्याइँका कुरा गर्दैनौँ । विधिका कुरा गर्छौं,” उनले भने । 

ओलीले भावनामा बगेर देश नबन्ने बताए । अस्थिरता जन्माउने खेल फेरि हुन थालेको भन्दै त्यसलाई सम्बोधन गरिने उनको भनाइ छ । ओलीले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशमा जान नदिएर एकै आवाजमा उभिएकोमा धन्यवाद दिए ।

अर्को प्रसंगमा ओलीले आफूले १६ महिना प्रधानमन्त्री चलाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro