site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले थाल्यो ‘मिसन’ रोजगारी अभियान

काठमाडौं । नेपाली कांग्रेसले ‘मिसन’ रोजगारी अभियान सुरु गरेको छ । आइतबार (फागुन २५) पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिसन रोजगारी अभियानको शुभारम्भ गरेका हुन् ।

‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार : सरकारको प्राथमिकतामा रोजगार’ भन्ने नाराका साथ मिसन रोजगारी अभियान थालिएको महामन्त्री थापाले जानकारी दिए ।

यसक्रममा विषयगत र क्षेत्रगत रूपमा गोलमेच छलफल गरिने उनले बताए । पहिलो चरणमा ६ महिना रोजगारीका विषयमा संवाद र अध्ययनका निम्ति निचोड निकालिने उनले जानकारी दिए ।

अर्का महामन्त्री शर्माले कांग्रेसले लिएको नीतिका कारण थोरै भए पनि देशमा रोजगारीको सिर्जना भएको जिकिर गरे ।

देशमा बनेको रोजगारीको जगलाई थप बलियो बनाउने र जनतामा देखिएको असन्तुष्टिलाई समाधान गर्ने प्रयासस्वरूप यो अभियान सुरु गरिएको उनले बताए ।

रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायत विषयमा वर्षभरि नै छलफल, बहस गरिनेछ । यसबाट सरकारको प्राथमिकतामा रोजगारीलाई राख्ने अवस्था सिर्जना गरिने कांग्रेसले जनाएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro