site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले कार्यशैली नसच्याए ठूलो समस्या आउन सक्छ : सांसद बोहोरा 

काठमाडौं । राष्ट्रियसभाका सदस्य उदयबहादुर बोहोराले सरकारले कार्यशैली नसच्याए मुलुकमा ठूलो समस्या आउन सक्ने बताएका छन् । आज राष्ट्रियसभा बैठकमा उनले राजावादीहरूको आन्दोलनप्रति संकेत गर्दै सरकारले खिसीट्युरी गरिरहेको बताए ।

“केही समययता काठमाडौं मात्र नाराजुलुस भइरहेका छन् । जुलुसमा वर्तमान सरकारमात्रै होइन, लोकतन्त्रप्रति नै भइरहेको छ । सरकार खुट्टी हेरी थाहा पाइयो भनी खिसीट्युरी गरिरहेको छ,” उनले भने ।

बोहोराले पञ्चायती व्यवस्थाको अन्त्य हुँदा पञ्चहरू मुठ्ठीभरको तत्व पनि बहुलवादीहरूको उपहास गरेको स्मरण गरे ।  
सरकार र सरकारका मन्त्रीको कार्यशैली गलत भएको उनको भनाइ छ ।

“तपाईंहरूको कार्यशैली सच्याउनुस् । अन्यथा मुलुकमा ठूलो समस्या आउन सक्छ,” उनले भने ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro