site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
डा. मदनकुमार भट्टराईको पुस्तक लोकार्पित 

काठमाडौं । कूटनीतिक क्षेत्रका ज्ञाता डा. मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’ सार्वजनिक गरिएको छ ।

शनिबार (फागुन २४) नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, डा. मोहनप्रसाद लोहनी, डा. कुसुम शाक्य, पत्रकार कनकमणि दीक्षित र कृतिकार डा. भट्टराईले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले यो पुस्तक समकालीन विश्वको कूटनीतिक इतिहास भएको आफूलाई लागेको बताए । पुस्तकमा लेखकले पहिलो परराष्ट्रसचिव, राजदूत एवं प्राध्यापक नरेन्द्रमणि दीक्षितको अद्योपान्त उत्खनन गरेको उनले उल्लेख गरे । पुस्तक अंग्रेजीमा अनुवाद गरेर भारतीय पाठकमाझ पनि पुर्‍याउँदा राम्रो हुने उनले सुझाव दिए ।

डा. लोहनी, दीक्षित, डा. शाक्यले पनि कृतिबारे टिप्पणी गरे । 

कृतिकार डा. भट्टराईले यो प्रा. नरेन्द्रमणि दीक्षितको जीवनी र स्तुतिगान दुवै नभएको स्पष्ट पारे । उनले प्रा. दीक्षितसँग भेट हुँदाको प्रसंग सुनाए ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro