site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
गीतकार रिजाललाई ‘रेखा–पवन स्रष्टा सम्मान’ प्रदान

काठमाडौं । चर्चित गीतकार एवं कवि कालीप्रसाद रिजाललाई ‘रेखा–पवन स्रष्टा सम्मान – २०८१’ प्रदान गरिएको छ । नेपाल स्रष्टा समाजले शनिबार (फागुन २४) पहिलोपल्ट यो सम्मान प्रदान गरेको हो । योसँगै उनलाई नगद राशि एक लाख १११ रुपैयाँ प्रदान गरियो ।

साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरे, पवन आलोक, रेखा कँडेल, श्रीओम श्रेष्ठ रोदनलगायत स्रष्टाले साहित्यकार रिजाललाई सम्मान गरे ।

अग्रज साहित्यिक पत्रकार शर्माले रेखा कँडेल र पवन आलोकका छोरी, छोरा र बुहारीले यो सम्मानको स्थापना गरिदिएर अनुकरणीय कार्य गरेको बताए ।

अर्का साहित्यिक पत्रकार घिमिरेले कवि रिजालसँगको आफ्नो परिचय ०२० सालमा बनारसमा भएको उल्लेख गरे । उनको कविता २००९ सालमा पहिलोपटक छापिएको घिमिरेले बताए । उनले पुरस्कार दिएर समाजको गरिमा अझै बढेको उल्लेख गरे ।

कवि एवं गीतकार रिजालले जीवनको उत्तराद्र्धमा आएर प्राप्त यस्ता सम्मानले आफूमा ऊर्जा भरेको बताए । कार्यक्रममा उनले एउटा कविता पनि वाचन गरे ।

साहित्यकार आलोककी छोरी रीता कँडेल बस्नेतले आफूसहित पाँच सन्तान मिलेर यो सम्मान थालनी गरेको बताइन् । यो सम्मान पवन आलोक र रेखा कँडेलका सन्तानले अक्षयकोषसहित स्थापना गरेका हुन् ।

कार्यक्रममा डा. सदानन्द कडेलले कवि रिजालको परिचय दिँदै उनका कविता र गीतहरूको चर्चा गरे ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro