site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
उषाको उपन्यास ‘हिउँफूल’ लोकार्पित

काठमाडौं । मुक्तक तथा कवितामा कलम चलाउँदै आएकी सर्जक उषा केसीको पहिलो उपन्यास ‘हिउँफूल’ लोकार्पण गरिएको छ । उनले यसअघि दुई पुस्तक ल्याइसकेकी छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रा. डा. दयाराम श्रेष्ठलगायत स्रष्टाले उपन्यास सार्वजनिक गरे । श्रेष्ठले नारीले बारम्बार विभिन्न अवतारमा भोग्नुपरेको पीडा यो उपन्यासमा लेखिएको बताए ।

समीक्षक डा. गीता त्रिपाठीले उपन्यासमा विम्बात्मक रूपमा जीवन दर्शन प्रस्तुत भएको उल्लेख गरिन् । उपन्यासलाई लेखकले समयसँगै हिँडाउन सफल भएको उनले बताइन् । उनले कृतिका कमी–कमजोरीबारे पनि बोलिन् ।

अर्का समीक्षक प्रमोद प्रधानले आमा पुस्ताले भोगेको दुःख यो उपन्यासमा उल्लेख भएको बताए ।

कार्यक्रममा राधेश्याम लेकाली, केशव पराजुली, शंकर भारती, जीतेन्द्र रसिकले पनि बोले ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro