site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित

विराटनगर । नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । १०औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट इतर समूहको प्यानल नै विजयी भएको छ ।

एमाले मोरङको पार्टी कार्यालयमा शुक्रबार साँझ सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष वान्तवा र महिला सहसचिवमा उषा झा विजयी भएका छन् । निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ ।

एमाले मोरङको अधिवेशन फागुन १७ गते उद्घाटन भएको थियो । चार दिनपछि मतदान प्रक्रिया भएको थियो । निर्वाचनमा ८८८ मत खसेको थियो । ९११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित थिए ।

पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ जना सदस्य सर्वसम्मत निर्वाचित भएका थिए ।‌ मतदानका लागि ९११ जना प्रतिनिधि चयन भएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro