site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सफाइ पेस गर्न कुलमानलाई पत्र : तपाईंको नियुक्ति किन रद्द नगर्ने ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेसको लागि पत्र पठाएको छ । मन्त्रिपरिषद्ले मंगलबार घिसिङसँग स्पष्टीकरण सोध्ने निर्णय गरेपछि आज पत्र पठाएको हो ।

घिसिङलाई ‘तपाईंसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति किन रद्द नगर्ने ?’ भन्दै पत्र पठाएको हो ।

पत्रमा कार्यसम्पादन सम्झौता समयमै नबुझाएको, नेपाल–भारत बिजुली आदान–प्रदानमा अधिकारविना हस्ताक्षर गरेको, मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगरेको र कार्यकारी निर्देशकको काम कर्तव्य पालना नगरेको गरी चार बुँदा राखिएको छ ।

यस्ताे छ पत्र

WhatsApp-Image-2025-03-06-at-5.53.32-PM-1741264141.jpegWhatsApp-Image-2025-03-06-at-5.53.32-PM-(1)-1741264141.jpeg
 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro