site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमानलाई बोकेर नहिँड्नू, काँधमा बोक्दा बच्चाले पिसाब फेरेजस्तो होला : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काँधमा बोकेर नहिँड्न प्रतिपक्षी दललाई सुझाव दिएका छन् । बिहीबारको बैठकमा कुलमानबारे उठेका प्रश्नको जवाफ दिँदै नीति नियम सबैले मान्नुपर्ने बताए ।
 
नीति नमान्दा कुलमानले कार्यसम्पादन मूल्यांकन शून्य भएको बताए । “एउटा कर्मचारीलाई काँधमा बोकेर हिँड्दा...। गाउँघरतिर भन्छन् अलिक राम्रो छैन । बच्चालाई काँधमा बोकेको पिसाब फेरिदिएछ भन्छन् । त्यस्तो नहोस्,” उनले भने ।
 
उनले प्रतिपक्षी दलका नेता उठेर, गीतमा कर्मचारीका विषयमा भन्न थालेको भन्दै सम्झिएको जस्तो विषय नरहेको बताए । 
उनले माओवादी केन्द्रप्रति लक्ष्य गर्दै आफूलाई निर्वाचनमा मत हाल्दा हात दुखेको हुन सक्ने बताए । तर, आफूले मत हाल्दा ढाड सिधा गरेर हिँड्न नसकेको बताए ।
 
“हामीलाई कताकता माया छ त । परिस्थिति त यो हो नि ! आवेशमा भनेको भए मलाई भन्नु केही छैन,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro