site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
विदेशमा एकै दिन सबैभन्दा धेरै हल पाउने सिनेमा बन्यो ‘लाज शरणम्’ ?

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा नयाँ कीर्तिमान बनाएको निर्माणपक्षले दाबी गरेको छ । 

‘लाज शरणम्’ विदेशमा एकै दिन सबैभन्दा धेरै हल पाउने सिनेमा बनेको ‘लाज शरणम्’का विदेश वितरक प्याट्रिक सुवेदीले बताएका छन् । 

फेब्रुअरी २७ मा मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको चलचित्र ४० सिनेमा घरमा रिलिज भएको छ । 

सुवेदीका अनुसार अमेरिका र क्यानडाका ७७ हलमा ‘लाज शरणम्’ प्रर्दशन भएको छ । “उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ,” उनले भने ।

अष्ट्रेलियामा ३० स्थामा ‘लाज शरणम्’ रिलिज भएको छ । ‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवल्र्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदै छ ।

चलचित्र ‘लाज शरणम्’ नेपालमा गत बुधबारबाट प्रदर्शनमा आएको थियो । 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro