site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले मोरङ अधिवेशन : मतदान सकियो, गणना बिहीबार

विराटनगर । नेकपा एमाले मोरङको मतदान सकिएको छ । जिल्ला नेतृत्व चयन गर्न बुधबार बिहान साढे ९ बजे देखिमतदान सुरु भएको थियो ।

निर्वाचन समितिले जनाएअनुसार साँझ मतदान सकिएको हो । ९११ मतदाता मध्ये ८८८ जनाले मतदान गरेका छन् ।

जिल्ला नेतृत्वमा पुग्न संस्थापन र इतर समूहले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए ।‌ मतगणना भने एमाले पार्टी कार्यालयमा गर्ने तयारी गरिएको छ । मत गणना बिहीबार बिहान १० बजेदेखि हुने बताइएको छ  ।

मोरङ एमालेको अधिवेशन शनिबार उद्घाटन भएको थियो ।

अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी उमेदवार छन् ।

यस्तै, इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा उमेदवार छन् ।

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro