site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
तीनवटा चलचित्र प्रदर्शनको दोस्रो हप्तामा, ‘लाज शरणम्’ अरुभन्दा अगाडि !

काठमाडौं । शिवरात्रिको अवसर पारेर एकै दिन रिलिज भएका तीनवटा चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ आजबाट दोस्रो हप्तामा प्रवेश गरेका छन् । गत हप्ता बिहीबार यी चलचित्र प्रदर्शनमा आएका थिए । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘लाज शरणम्’को आज ४ बजेपछि काठमाडौंमा ९ वटा शो बाँकी छन् । काठमाडौंमा यो सिनेमालाई भोलि क्यूएफएक्सले २१ शो दिएको छ । 

‘फेरि रेशम फिलिली’का आज ४ बजेपछि क्यूएफएक्स चेनको काठमाडौंका आउटलेटमा तीन शो बाँकी छ । भोलि क्यूएफएक्सले काठमाडौंमा यो चलचित्रलाई १२ शो दिएको छ । 

‘मायावी’को आज ४ बजेपछि क्यूएफएक्समा तीन शो बाँकी छ । भोलि यो सिनेमालाई क्यूएफएक्सले काठमाडौंमा दश शो दिएको छ । 

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् । यसमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् । 

‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् । यसमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी, नीर शाहलगायत कलाकारको अभिनय छ । 

‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । दीपिका प्रसाइँ र पल शाह यो चलचित्रको मुख्य भूमिकामा छन् । 

यी तीनवटा चलचित्रमध्ये ‘लाज शरणम्’ले मात्रै पहिलो दिनको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको थियो । निर्माणपक्षका अनुसार यो चलचित्रले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अरूले सार्वजनिक गरेका छैनन् । 

तुलनात्मक रुपमा ‘लाज शरणम्’ बलियो देखिएको छ । शो हेर्दा भोलि पनि अरु सिनेमाभन्दा क्यूएफएक्सले ‘लाज शरणम्’लाई प्राथमिकता दिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro