site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सौर्य एयरलाइन्स दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले गएको साउनमा काठमाडौंमा भएको सौर्य एयरलाइन्स दुर्घटनाका पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । बुधबार (फागुन २१) प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।

चार वर्षको बालकलाई एयरलाइन्सको कर्मचारी बनाएर यात्रा गराउनु गैरकानुनी भएको उनले उल्लेख गरे । उनले दुर्घटना छानबिनका निम्ति गठित आयोग समेत गैरकानुनी रहेको जिकिर गरे । पुनः आयोग गठन गर्न उनले माग गरे ।

“...दुर्घटना भएको जहाजको उडान गैरकानुनी छ । चार वर्षको बालकलाई समेत एयरलाइन्सको कर्मचारी बनाइएको छ,” उनले भने, “तत्सम्बन्धी बनाइएको आयोग गैरकानुनी छ । पुनः आयोग गठन गरी छानबिन गरी पीडितहरूलाई न्याय दिइयोस् ।”

सांसद कुँवरले उदयपुर सिमेन्ट कारखाना बन्द हुँदा २५० श्रमिकको बिचल्ली भएको बताए । उनले उद्योग सञ्चालन गर्न वा श्रमिकले पाउने सुविधा दिएर बिदा गर्न सरकारसँग माग गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro