site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कुलमानलाई शून्य अंक : संसद्‌मा खबरदारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको विषय के हो ? भनेर प्रश्न गरेका छन् ।

बुधबार (फागुन २१) प्रतिनिधिसभा बैठकमा उनले राम्रो काम गरिरहेका घिसिङलाई शून्य अंक दिइएको भन्दै आपत्ति जनाए । “शून्य अंक दिएको भनेको सुनेका छौँ, त्यो के हो ?,” उनले सोधे ।

घिसिङलाई पटक–पटक स्पष्टीकरण सोधिएको विषयमा पनि उनले असन्तुष्टि जनाए ।

विद्युत प्राधिकरणजस्ता निकायलाई नाफामा लैजानुपर्नेमा भन्दै उनले प्रतिपक्ष दलका तर्फबाट खबरदारी गरे ।  “जसले सधैँ रकम उठाउने कुरा गरिरहेको छ, त्यो रकम उठाउने कुरामा बारम्बार रोकावट आइरहेको छ । सरकारलाई यसो नगरियोस्, गम्भीर खबरदारी गर्दछौँ,” उनले भने, “सरकारलाई यो बारेमा रुलिङ गर्न सभामुखलाई आग्रह गर्दछौँ । रुलिङ नआउँदासम्म विरोधलाई जारी राख्ने जानकारी गराउँछौँ ।”

त्यससँगै प्रतिपक्ष दलका सांसद आसनबाट उभिएका थिए । अनि, सभामुख देवराज घिमिरेले आकस्मिक समयमा विषय आएपछि के गर्ने भन्ने बताए । त्यसपछि प्रतिपक्ष दलका सांसद बसे ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro