site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
१४ किलो सुनसहित पक्राउ परिन् अभिनेत्री रान्या राव

काठमाडौं । भारतमा १४.८ किलोग्राम सुनसहित कन्नड अभिनेत्री रान्या राव पक्राउ परेकी छन् । बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको सोमबार राति उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले उनलाई पक्राउ गरेको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

अभिनेत्री रावलाई आर्थिक अपराधमा अनुसन्धानका निम्ति १४ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।

सन् २०१४ को ‘मानिक्य’ चलचित्रमा कन्नड सुपरस्टार सुदीप सञ्जीवको ‘अपोजिट’ भूमिका निभाएपछि राव चर्चामा आएकी थिइन् । त्यसयता उनले विभिन्न दक्षिण भारतीय चलचित्रमा काम गरेकी छन् । हिन्दुस्तान टाइम्सबाट ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro