site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको निर्देशन, अध्यादेश अघि बढाउने सहमति
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको छ ।

एमाले संसदीय दलको मुख्य सचेतक महेश बर्तौलाले मंगलबार पार्टीका प्रतिनिधिसभाका सदस्यलाई सन्देश पठाउँदै बुधबारको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएका हुन् । 

सांसदलाई पठाइएको सन्देशमा भनिएको छ, “माननीय सदस्यहरू, बुधबार १ बजे बस्ने बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने भएकाले अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।”

एमालेले प्रतिनिधिसभाको बैठकमा पेस गरिने अध्यादेश पारित गर्नको लागि पार्टीका सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन गरेको हो ।

आजको बैठकमा सरकारले अध्यादेश स्वीकृतिका लागि प्रस्ताव प्रस्तुत गर्दैछ । 

यसैबीच, सरकारले ल्याएका पाँचवटा अध्यादेश अघि बढाउने सहमति भएको एमालेले जनाएको छ । भूमि अध्यादेशबारे पछि निर्णय गर्नेगरी अरु अध्यादेश प्रतिनिधिसभाको आजको बैठक र बिहीबार बस्ने राष्ट्रियसभाबाट स्वीकृत गर्न सत्तासाझेदार सहमत भएको एमालेले बताएको छ ।  

“भूमि सम्बन्धि अध्यादेशमा जे निर्णय गर्छाैं । साझा ढंगले गर्छाैं,” नेकपा एमालेका मुख्य सचेतक बर्ताैलाले भनेका छन्, “अरु पाँचवटा अध्यादेश बुधबार प्रतिनिधिसभा र बिहीबार राष्ट्रियसभाबाट स्वीकृत गर्नेगरी अघि बढ्न सहमति भएको छ ।”

पाँचवटा अध्यादेश अघि बढाउने निर्णय उपेन्द्र यादवसहितको बैठकबाट भएको उनले बताएका छन् ।  

अध्यादेश माघ १८ गते सदनमा पेस भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro