site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाँचवटा अध्यादेश अघि बढाउने सहमति
फाइल तस्बिर ।

काठमाडौं । सरकारले ल्याएका पाँचवटा अध्यादेश अघि बढाउने सहमति भएको छ । भूमि अध्यादेशबारे पछि निर्णय गर्नेगरी अरु अध्यादेश भोलि (बुधबार)को प्रतिनिधिसभा र बिहीबारको राष्ट्रियसभाबाट स्वीकृत गर्न सत्तासाझेदार सहमत भएको हो । 

“भूमि सम्बन्धि अध्यादेशमा जे निर्णय गर्छाैं । साझा ढंगले गर्छाैं,” नेकपा एमालेका मुख्य सचेतक महेश बर्ताैलाले भने, “अरु पाँचवटा अध्यादेश बुधबार प्रतिनिधिसभा र बिहीबार राष्ट्रियसभाबाट स्वीकृत गर्नेगरी अघि बढ्न सहमति भएको छ ।”

पाँचवटा अध्यादेश अघि बढाउने निर्णय उपेन्द्र यादवसहितको बैठकबाट भएको उनले जानकारी दिए । 

अध्यादेश माघ १८ गते सदनमा पेस भएको थियो । प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro