site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘राजागंज’को ट्रेलरमा अपहरणको कथा, दीपकले भने– करिअरकै ठूलो सिनेमा  

काठमाडौं । चलचित्र ‘राजागंज’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अपहरणमा परेका बालक र छुटाउन गरिएको संघर्ष छ ।

अपहरणमा परेका सभासद र विद्यालयकी प्रधानध्यापकका छोरालाई छुटाउन प्रहरीले गरेको अप्रेसनलाई ट्रेलरमा देखिन्छ ।

आन्दोलन चलिरहेका बेला त्यसबाट सचेत हुँदै प्रहरीले दुई बालकलाई खोज्न तयार गरेको रणनीति ट्रेलरमा समावेश छ । 

ट्रेलरमा सिनेमाका मुख्य कलाकार अटाएका छन् । प्रहरी निरीक्षकको भूमिकामा अभिनेत्री आशा मगराती र एसपीको भूमिकामा अभिनेता दयाहाङलाई देख्न सकिन्छ । जहाँ उनीहरूबीचको टसल पनि ट्रेलरमा देखिन्छ ।

चैत १ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई दीपक रौनियार निर्देशन गरेका छन् । 

चलचित्रको कथा २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनको वरिपरि रहेर भनिएको छ ।

निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठूलो सिनेमा रहेको बताए । ट्रेलर सार्वजनिक गर्दै उनले यसअघि आफूले यति ठूलो ‘स्केल’मा चलचित्र नबनाएको बताए ।

एक हजारभन्दा बढी मानिस संलग्न भएर चलचित्र बनाएको भन्दै उनले अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रशंसा पाएकाले नेपाली दर्शकलाई पनि मनपर्ने विश्वास व्यक्त गरे ।

चलचित्रमा आशा र दयाहाङसँगै विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङलगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro