site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘कर्मा’मा विपीनको एक्सन लुक्स 

काठमाडौं । विपीन कार्की पहिलोपटक एक्सन भूमिकामा देखिने भएका छन् । चलचित्र ‘कर्मा’मार्फत विपीन पहिलोपटक एक्सन सिनेमामा एक्सन सिनमा देखिन लागेका हुन् । 

एक्सन भूमिकामा विपीन रहेको पुष्टि गर्ने तस्बिर र पोस्टर ‘कर्मा’को निर्माणपक्षले सार्वजनिक गरेको छ । जसमा उनी निकै ‘फिट’ देखिएका छन् । 

जिम गरेको शरीर पुष्टि गर्ने ‘कर्मा’को पोस्टर यसअघि नै आइसकेको छ । 

निर्माणपक्षले सार्वजनिक गरेको अर्को तस्बिरमा पनि विपीन निकै आकर्षक शरीरमा देखिएका छन् । पोस्टरमा ब्ल्याक जिन्स र पाइन्टमा रहेका विपीनका हातमा सट गन थियो । यसले पनि उनी एक्सन हिरोको रोलमा रहेको प्रष्ट पार्छ । 

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । चलचित्रको छायांकन सकिसकेको छ । 

‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।

मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro