site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
बिटक्वाइनको मूल्यमा २०२२ यताकै ठूलो गिरावट, एक महिनामा १७.५ प्रतिशतले घट्यो

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा ठूलो गिरावट आएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि बिटक्वाइनलगायत विभिन्न क्रिप्टोकरेन्सीको मूल्य बढेको थियो ।

फेब्रुअरीमा बिटक्वाइनको मूल्य १७.५ प्रतिशतले घटेको हो । यो सन् २०२२ को जुनयताकै ठूलो मासिक गिरावट हो ।

पछिल्लो एक दशकमा बिटक्वाइनका लागि गएको फेब्रुअरी सबैभन्दा बढी मूल्य घट्ने ११औँ महिना बनेको छ ।

बिटक्वाइनको मूल्य फेब्रुअरी महिनामा सबैभन्दा कम ७८ हजार २७३ अमेरिकी डलर पुगेको थियो भने अन्तिम कारोबार ८४ हजार २५२ अमेरिकी डलरमा भयो ।

गत जनवरीको मध्यमा सबैभन्दा उच्च एक लाख ९ हजार ७१ अमेरिकी डलर पुगेको बिटक्वाइनको मूल्य त्यसयता २० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro