site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए  

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् । 

आइतबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नो केबलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । 

उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको जानकारी दिए । गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे । 

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही गर्ने उनले उल्लेख गरे । 

गृहमन्त्री लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनले बताए । 

त्यस्तै, उनले विभिन्न विधेयक सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानुनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । भूकम्पपछिको पुनस्र्थापना र पुननिर्माणको कामले लय समातेको उनको भनाइ छ । 

उनले सीमित स्रोत र साधनकाबीच अपेक्षित रूपमा काम हुन नसके पनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको अवगत गराए । 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro