site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीज्यू ! मलाई हराउने ताकमा देश नडुबाउनुहोला : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह सामाजिक सञ्जालमा चर्चित छन् । पछिल्लो समय उनले प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै फेसबुक स्टाटस लेख्दै आएका छन् ।   

शुक्रबार पनि उनले त्यसैलाई निरन्तरता दिँदै प्रधानमन्त्रीले आफूलाई हराउन खोजेको बताएका छन् । आफूहरू मदन भण्डारीको सपना पूरा गर्न हिँडेको तर प्रधानमन्त्रीले आफूलाई हराउन लागेको दाबी गरेका छन् । उनले आफूलाई हराउने बहानामा देश नडुबाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

उनले भनेका छन्, ''प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चैँ नडुबाउनुहोला !!''

एक साताअघि पनि उनले स्टाटसमार्फत आफूलाई नेपाली भएर बाँच्ने आधार त दिन प्रधानमन्त्रीसँग माग गरेका थिए । 

उनले लेखेका थिए– प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले करप्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस ।  

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro