site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘बलिदान’को पोस्टरमा रक्तपात मच्चाइरहेका समीर  

काठमाडौं । चलचित्र ‘बलिदान’को दुईवटा पोस्टर सार्वजनिक भएको छ । दुईवटै पोस्टरमा सिनेमाका मुख्य कलाकार समीर भट्ट फिचर्ड छन् । 

एउटा पोस्टरमा समीर भुईंमा रहेका दर्जनौँ शवमध्ये एउटाका खुट्टमा समाएर घिस्याइरहेका छन् । अर्को पोस्टरमा त्रिशूल र घरेलु हतियार पूरै रक्तपात मच्याइसकेपछि अवस्थामा कालीमाताको अगाडि उभिएका छन् ।

पोस्टर सार्वजनिक गर्दै रिलिज डेट पनि तोकिएको । निर्माणपक्षका अनुसार यो चलचित्र दसैँको फूलपातीमा रिलिज हुनेछ ।   

सन्तोष सेनको निर्देशन रहेको चलचित्र केही हप्ताअगाडि चार महिना लगाएर छायांकन सकिएको छ । 

चलचित्रको प्रमुख भूमिकामा समीर भट्टको प्रमुख भूमिका छ । सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मालगायत कलाकारको पनि अभिनय छ । 

आसुसेन फिल्म्स प्रा.ली.को प्रस्तुति रहेको चलचित्रमा पवन ब्राडफोर्ड विस्ट निर्माता र प्रेम पुरी सह–निर्माता छन् ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro