site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी–मधेसीलाई फुटाउने काम भएको छ : प्रचण्ड 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र मधेसीलाई फुटाउने काम भएको आरोप लगाएका छन् । 

०६४ सालमा धेरै राम्रो सम्बन्ध रहेकोमा पछि माओवादी र मधेसी जनतालाई फुटाउने काम भएको उनको भनाइ छ । जनतासँग माओवादी र तराई मधेस जागरण अभियानका क्रममा सप्तरीको तिलाठी कोइलाडी पुगेका प्रचण्डले सम्बन्ध विगारेर अरुले लाभ लिएको बताए । 

“०६४ सालमा माओवादी र मधेसी जनताको असाध्यै राम्रो सम्बन्ध थियो । तर, पछि माओवादी र मधेसी जनताको एकतालाई फुटाउने षड्यन्त्र भयो,” प्रचण्डले भने, “यो देशमा मधेसी जनताको सशक्तीकरण भएको थियो । माओवादी र मधेसी फुटाएपछि दुबै कमजोर बनाउन सकिन्छ भनेर षड्यन्त्र भएको थियो ।” 

उनले त्यो षड्यन्त्र चिर्ने र माओवादी र मधेसीको एकता फेरि बलियो पार्ने उद्देश्यले हुलाकी राजमार्ग केन्द्रित अभियान संचालन गरेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro