site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अलिबाबाले सार्वजनिक रूपमा राख्यो भिडियो तथा फोटो बनाउने एआई मोडेल

काठमाडौं । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाले आफ्नो भिडियो तथा फोटो बनाउन मिल्ने एआई टुल वान २.१ सार्वजनिक रूपमा उपलब्ध गराएको छ ।

एआई क्षेत्रमा प्रतिस्पर्धा बढाउन अलिबाबाले आफ्नो एआई टुल ओपन सोर्समा राखेको हो ।

यसअघि विश्वभर चर्चा पाएको चिनियाँ एआई स्टार्टअप डीपसिकले पनि आफ्नो मोडल ओपन सोर्समा आधारित बनाएको छ । विश्वभर एआईमा आफ्नो प्रभाव बढाउन र लगानीकर्ता तान्न अलिबाबाले डिपसिककै बाटो पछ्याएको हो ।

यी मोडेलहरू विश्वव्यापी रूपमा अलिबाबा क्लाउडको मोडेलस्कोप र हगिङफेस प्लेटफर्ममा शैक्षिक, अनुसन्धान र व्यावसायिक प्रयोगका लागि उपलब्ध छन् ।

अलिबाबाले सुरुमा जनवरीमा टेक्स्टबाट भिडियो तथा फोटो उत्पादन गर्न सकिने एआई मोडल सार्वजनिक गरेको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro