site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिको केन्द्र सदैव जनता हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलकलाई सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढाउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । 

मंगलबार शीतल निवासमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्‍याउन सकेमात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउन सकिने बताए । 

यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने समेत उनले बताए । राजनीतिको केन्द्र सदैव जनता हुनुपर्ने भन्दै त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । 

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरूको घरदैलोमा पुर्‍याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

महेन्द्रनारायण निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिकोे निरन्तर संघर्ष, त्याग र निष्ठाले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उनले बताए । 

कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा समर्पित गर्ने नरेन्द्रप्रसाद मिश्र र शमा शाहीलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro