site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली सरकारबाट जनताको कहिल्यै भलो भएन : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले काठमाडौं महानगरपालिकासहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेका छन् । मंगलबार (फागुन १३) प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाए । धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम ठप्प भएको उनले बताए ।

“गाउँगाउँमा सिंह गयो, दरबार गएन । ओली सरकारबाट जनताको कहिल्यै भलो भएन,” उनले भने, “आज काठमाडौं महानगरपालिकालगायत देशका धेरैभन्दा धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ । आज देशका सबै शिक्षक, कर्मचारीहरूका तलब ठप्प छन् ।”

उनले कर्मचारीलाई रोकेर स्थानीय तह ठप्प नपार्न चेतावनी दिए । “आज काठमाडौं महानगरपालिकामा मात्रै सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन्,” उनले भने, “यो ओली सरकारलाई पाल लाग्ला ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro