site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परिवर्तनविरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि अपेक्षाअनुरुप जनताको अवस्था रूपान्तरण हुन नसक्दा परिवर्तन विरोधी शक्ति सक्रिय भइरहेको बताएका छन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिकास्थित जालपादेवी माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले परिवर्तनविरोधी शक्तिबाट गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्र भइरहेको बताए । जनताले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धि भएको चाहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायका जनताले मौलिक हकको उपभोग गर्न नपाउँदा केही निरासा बढेको धारणा व्यक्त गरे ।

अध्यक्ष दाहालले भने, “परिवर्तनविरोधी शक्तिहरूले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि धावा बोल्ने षड्यन्त्रप्रति हामी सचेत हुन जरूरी छ ।”

राष्ट्रको विकासको मेरूदण्ड शिक्षा भएको उल्लेख गर्दै उनले शिक्षित र दक्ष जनशक्तिले राष्ट्रको समग्र विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
 

 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  २२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro