site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमन्त्रीलाई तोसिमाको सुझाव– मार्ग प्रशस्त गर्नुहोस्
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई मार्ग प्रशस्त गर्न सुझाएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले स्वास्थ्य बिमा बन्द हुन लागेको स्वास्थ्यमन्त्रीको अभिव्यक्तिले दुःख लागेको बताइन् । 

“स्वास्थ्य बिमाको सीमालाई पाँच लाखको पुर्‍याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब भुक्तानी पुगेन स्वास्थ्य बिमा बन्द हुन लाग्यो भनेर लाचार अभिव्यक्ति सुन्दा दुःख लागेको छ,” उनले भनिन् ।

उनले उनले अनिवार्य स्वास्थ्य बिमा गर्न र त्यसको सुरुवात स्वास्थ्यमन्त्रीबाट गर्न आग्रह गरिन् । “यदि सल्लाहकार छैनन्, उपयुक्त सल्लाह लिन सकिँदैन । यसमा अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सुझाव दिन तयार छौँ,” उनले भनिन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro