site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘फेरि रेशम फिलिली’का लागि सुपुष्पाले बढाइन् १० केजी तौल 

काठमाडौं । चलचित्र ‘फेरि रेशम फिलिली’ करिब दश वर्षपछि बनेको सिक्वेल भएकाले यसका लागि कलाकारले निकै मिहिनेत गर्नुपरेको बताएका छन् । 

‘फेरि रेशम फिलिली’ ०७२ मा रिलिज भएको चलचित्र ‘रेशम फिलिली’को सिक्वेल हो । 

‘फेरि रेशम फिलिली’का अभिनेता विनय श्रेष्ठले ‘रेशम फिलिली’का लागि ५ केजी वेट घटाएको बताएका छन् । चलचित्रका लागि दुब्लो चरित्र आवश्यक भएकाले आफूले पाँच केजी तौल घटाएको उनले बताए । 

दश वर्षपछिको क्यारेक्टर भएकाले उनले कपालसमेत सेतो बनाएको बताएका छन् । 

यता, अभिनेत्री सुपुष्पा भट्टले भने दश केजी तौल बढाएको बताएकी छन् । स्क्रिप्टको क्यारेक्टर अनुसार आफूले दश केजी तौल बढाएको उनले बताइन् । 

निर्देशक निरोज महर्जनले सिक्वेलका रूपमा दर्शकलाई धोका नहुने बताएका छन् । पहिलोभन्दा सिक्वेल राम्रो हुनुको विकल्प नरहेको भन्दै उनले ‘रेशम फिलिली’भन्दा ‘फेरि रेशम फिलिली’ राम्रो रहेको दाबी गरेका छन् । 

‘फेरि रेशम फिलिली’ यही १४ गते शिवरात्रीको दिन रिलिज हुँदै छ । चलचित्रमा विनय र सुपुष्पासँगै कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा छ । नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

सिनेमा आर्टस र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको चलचित्रमा रौनक विक्रम कडेल निर्माता छन् । कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् ।
 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro