site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाधिवेशनलाई निर्वाचनपछि धकेल्न खोजे ठूलो क्षति हुन्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले २०८४ सालको निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकमीसँग कुरा गर्दै केसीले महाधिवेशनका विषयमा पार्टीका नेताहरूले जे पनि बोल्ने प्रवृति उचित नभएको भन्दै २०८४ सालको निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुने बताए ।

उनले आगामी मंसिरमा पार्टीको महाधिवेशन हुनुपर्ने र आवश्यकताका आधारमा एक वर्ष मात्रै म्याद थप गर्न मिल्ने भएकाले आगामी निर्वाचनअघि नै महाधिवेशन हुने धारणा राखे ।

कांग्रेस लोकतन्त्रको प्रमुख संवाहक भएको भन्दै उनले पार्टीका नेताहरूले गलत सूचनाका आधारमा महाधिवेशनका विषयमा जे पनि बोल्ने कामले राम्रो सन्देश नजाने स्पष्ट पारे ।

महाधिवेशनलाई निर्वाचनपछि धकेल्न खोजे ठूलो क्षति हुने जिकिर गरे । यसअघि कांग्रेसको महाधिवेशन २०७८ मंसिरमा सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro