site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इमानदार भएर देशका लागि काम गर्न विद्यार्थीलाई आग्रह गरेका छन् । 

बिहीबार कास्कीको ढुंगेपाटनमा पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमानदारपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञान इमान्दार भएर देशका लागि उपयोग गर्न आग्रह गरे । 

सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न आग्रह गर्दै उनले कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने बताए । प्रधानमन्त्री ओली नेपालमा उर्बर भूमि रहेकाले यसलाई रूपान्तरणकारी विकासमा लान सकिने धारणा राखे । 

समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराएका थिए । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro