site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य : गृहमन्त्री लेखक
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ गर्नु सरकारको प्रमुख उद्देश्य रहेको बताएका छन् ।

हेटौँडामा मंगलबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ उद्घाटन गर्दै उनले सोही उद्देश्यका साथै मुलुकलाई समृद्धि र सुशासनको यात्रामा अगाडि बढाउन वर्तमान सत्तासमीकरण बनेको बताए ।

गृहमन्त्री लेखकले निजी क्षेत्रलाई पनि समाहित गर्दै सरकार लगानीमैत्री वातावरण बनाउन लागि परेको उल्लेख गरे । निजी क्षेत्रलाई व्यावसायिक वातावरणको सुनिश्चित गर्नको लागि नै अध्यादेश ल्याइएको भन्दै उनले वर्तमान सरकार गठन भएपश्चात् निर्माण व्यवसायीको भुक्तानी दिने प्रक्रिया सुरु भइरहेको बताए । 

“सरकारले व्यवसायीहरूले गरेको कामको भुक्तानी दिन सरकारले सुरु गरिसकेको छ । व्यवसायी साथीहरू ढुक्क हुनुहोस् बाँकी रहेको बक्यौता पनि तत्काल दिन्छौँ,” गृहमन्त्री लेखकले भने ।

उनले निर्माण व्यवसायीहरूको सुरक्षामा सरकार प्रतिबद्ध रहेको भन्दै निर्माण व्यवसायीहरूले जिम्मा लिएको काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro