site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संकुचित छैन : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकका प्रावधान संकुचित नरहेको दाबी गरे । 

मुलुकको आर्थिक समृद्धि र सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको उनले बताए । सरकारले ल्याएको अध्यादेशप्रति सरोकारवाला निकाय खुसी देखिए पनि केही सांसदमा खुसी नदेखिएको उनले जिकिर गरे । 

मुलुकको हितमा ल्याइएको अध्यादेशको विरोध गर्नु बेकार रहेको उनको भनाइ छ । थापाले संसद् नचलेका बेला अध्यादेशबाटै कानुन निर्माण गर्नुपर्ने भन्दै अहिले अध्यादेशको विरोध गर्नेहरू भोलि सरकारमा जाँदा यसरी नै अध्यादेश ल्याउने जिकिर गरे । 

त्यस्तै, उनले सहकारी ठकी प्रकरणमा प्रतिपक्षले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसअघि आफू सरकारमा रहँदा भएका कामको स्मरण गर्न माओवादीलाई सुझाव दिए । 

थापाले भारतको ओडिसास्थित एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति छानबिन हुनुपर्ने माग गरे । 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro