site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
 ज्ञानेन्द्र शाहीलाई पन्तको जवाफ– राष्ट्रियसभा वृद्धाश्रम होइन

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रियसभा र प्रतिनिधिसभाबीच द्वन्द्व उत्पन्न भए व्यवस्थालाई नै असर गर्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले आइतबारको राष्ट्रियसभाको बैठकले सांसद ज्ञानेन्द्र शाहीप्रति खेद प्रस्ताव पारित गरेको विषयमा त्यस्तो बताएका हुन् ।
 
“हाम्रा दुई सदनका बीचमा द्वन्द्व उत्पन्न भयो भने संसदीय व्यवस्थालाई असर गर्छ । एक सदनका सांसदले बोलेको कुरा अर्को सदनले खेद प्रस्ताव पारित गर्नु आफैँमा दुखद् हो,” उनले भने ।
 
पन्तले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति जवाफ समते दिए । “राष्ट्रियसभा वृद्धाश्रम होइन । पाकाहरुको सदन हो । त्यो सदनलाई वृद्धाश्रम भनेर आलोचना र बेइजत गर्नु हुँदैन,” उनले भने ।

पन्तले लोकतन्त्र सुसंस्कृत प्रणाली भएकाले आफ्ना धारणा राख्न ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro