site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जलन उपचार केन्द्र बनाउँन माग 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विन्दवासिनी कंसाकारले जलन उपचार केन्द्र स्थापना गर्न माग गरेकी छन् । आजको प्रतिनिधिसभाको आकस्मिक समयमा उनले आफूले सात महिनाअघि दर्ता गरेको जलन सम्बन्धी गैरसरकारी विधेयक पारित गर्न माग गरिन् ।
 
 “जलन विधेयक पारित गरौँ । जलन उपचार केन्द्र स्थापना गरौँ । आवश्यक स्रोतसाधन दक्ष जनशक्ति तथा आपतकालीन उद्धार प्रणालीमा सरकारको ध्यानाकर्षण होस्,” उनले भनिन् ।
 
वर्षौं ६० देखि ६५ हजार नागरिक जलनपीडित हुने गरेको उनले बताइन् । 

उनले शनिबार पोखरामा बेलुन पड्कँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य लाभको कामना गरिन् । 

सानदार ममः पसलमा केही दिनअघि भएको आगलागीमा परि मृत्यु हुने चारजनाप्रति श्रद्धाञ्जली व्यक्त गरिन् ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro