site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा वर्तमान सरकार : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानएवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले वर्तमान सरकार राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकको समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे ।

पछिल्लोसमय मुलुक सञ्चालनका क्रममा विभिन्न कारणले सरकारले स्थायित्व पाउन नसकेको स्मरण गर्दै अर्थमन्त्रीले राजनीतिक स्थायित्व, विकास र मुलुकको समृद्धिका लागि लामो इतिहास बोकेका दुई ठूला दलको आवश्यकता महसुस गरी सरकार गठन भएको बताए ।

“अवसरवादसहित विविध कारण मुलुकमा ६/६ महिनामा सरकार बदलियो, सरकारले स्थायित्व पाएन,” उनले भने, “मुलुकको परिवर्तनका लागि, नागरिकको जीवनस्तर सुधार्न ठूला दल मिल्नुको विकल्प थिएन, देशलाई अस्थिरतामा राख्न हुन्न निकास दिनुपर्छ भन्ने लागेर कांग्रेस र एमालेको गठबन्धनबाट वर्तमान सरकार बनेको हो ।”

मुलुकमा यसअघि विभिन्न कालखण्डमा आइपरेका कठिन अवस्थामा लामो इतिहास, अनुभव र योगदान गरेका दुई ठूला दलले नेतृत्व गरेका अर्थमन्त्री पौडेलले बताए । “मुलुकको स्थायित्व, विकास र नागरिकको पक्षमा वर्तमान सरकारले काम गरिरहेकाले सबैले यो सरकारलाई सहयोग र समन्वय गर्नुपर्छ,” उनले भने । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro